पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संसद विघटन लोकतन्त्र र संविधानको रक्षाका लागिः मुख्यमन्त्री पोखरेल

radionepal

गुरमुरत यादव, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटन लोकतन्त्र र संविधानको रक्षाका लागि गरिएको बताउनुभएको छ । 

सरकारले काम गर्न चाहँदाचाहँदै पनि पार्टी भित्रैबाट घेराबन्दी गरिएको र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएको कारण संसद विघटन गर्नुपरेको बाँकेमा आयोजित एक कार्यक्रममा बताउनुभएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले बाँकेको खजुरामा अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षणमा मुख्यमन्त्री पोखरेलले वर्तमान संघीय तथा लुम्बिनी प्रदेश सरकारले विकास निर्माणसँगै जनताको आवश्यकता पुरा गर्न जनमुखी कार्यक्रम तथा बजेटसहित कार्यान्वयनतर्फ लागेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । 

प्रशिक्षण कार्यक्रममा प्रदशेमन्त्री आरती पौडेल, बैजनाथ चौधरी लगायत करिब आधा दर्जन केन्द्रीय सदस्यहरू जिल्ला तथा नगर र गाउँपालिकाका इन्चार्ज तथा अगुवा कार्यकर्ताको उपस्थिति रहेको नेकपा बाँकेले जनाएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि सिङ्गो पार्टी पंक्ति र नेता, कार्यकर्ता लाग्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । 

प्रशिक्षण कार्यक्रममा बाँकेको नेपालगन्ज, खजुरा जानकी क्षेत्रका ३ हजार नेता तथा कार्यकर्ता सहभागी रहेको बताईएको छ ।