पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप ५ सय १३ जना कोरोना संक्रमणमुक्त

radionepal

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप ५ सय १३ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ । 

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ४ हजार ४ सय २२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोरोना भाइरसको संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ९ सय १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।