पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई कर्मयोगी बद्रीप्रसाद पहाडी पुरस्कार

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्रीप्रसाद पहाडी समाजसेवा पुरस्कार–२०७६’ पूर्वप्रमुख निर्वाचन आयुक्त एवं पूर्वप्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ । 

समाजले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई एक लाख १० हजार रुपैया पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो । 

कार्यक्रममा आठवटा सामाजिक संस्थाले पनि पोखरेललाई सम्मान गरेका थिए ।

कार्यक्रममा पुरस्कृत पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले कल्याणकारी काममा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट दुई लाख २० हजार रुपैया नगद सहयोग हस्तान्तरण गर्नुभयो ।