पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

५ सय ७८ जना संक्रमित निको, ५ सय २२ जनामा संक्रमण पुष्टि

radionepal

बालिका मादेन, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज ५ सय ७८ जना निको भएका छन् । यो सँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ५५ हजार ६ सय ६६  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

तथ्याङ्क अनुसार कुल सङ्क्रमितमध्ये ९७ दशमलव ३ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

यस्तै आज थप ५ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ५ सय ५१ वटा पीसीआर परीक्षण गर्दा ३ सय ३८ पुरुष १ सय ८४ महिलामा संक्रमण पुष्टि भएको छ । 

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । 

हाल काठमाडौँ उपत्यकामा २ हजार ९ सय १२ सहित देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये २ सय ३ जनाको आई.सी.यु र ४४ जनाको भेन्टिलेटरमा  उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणका कारण आज थप ८ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ९३ पुगेको छ ।