पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संरक्षण र पर्यटकको पर्खाइमा पञ्चदेवल देलिकाँडा

radionepal

टेकराज भण्डारी, अछाम । अछामको पुर्वी क्षेत्र पञ्चदेवल विनायक नगरपालिकाको अग्लो ठाउँ देलिकाँडा जहाँ जिर्ण अवस्थामा रहेका दुइवटा पुराना मन्दिर छन् ।

पञ्चदेवलको मुख्य भूमि तथा धार्मिक एवं पर्यटकीय रुपले भरिपुर्ण यस क्षेत्रको संरक्षण र प्रवर्द्धन भने गर्न सकिएको छैन ।

विनायक बजारबाट १ घण्टाको पैदल यात्रामा यो ठाउँ पुग्न सकिन्छ । मानिस तथा घरपालुवा जनावर यस ठाउँभित्र त्यति देखिदैनन् । यस ठाउँबाट कर्णाली प्रदेशका कालिकोट, दैलेख तथा सुर्खेतका केही अग्ला भू–भागहरुको दृश्यावलोकन  गर्न सकिन्छ ।

यस क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न सके थुप्रै स्वदेशी तथा विदेशी पाहुनालाई स्वागत गर्ने सम्भावना यस ठाउँले बोकेको छ । यस नगर क्षेत्रकै उच्च स्थान भएर होला नेपाल टेलिकमको टावरले यहिँ ठाउँबाट आफ्नो नेटवर्क सेवा प्रसारण गरेको छ ।

अत्यन्तै मनमोहक ठाउँ जहाँ हजारौं रुखहरुसँग मोहनी लाग्ने त्यसैमाथि पुर्खाको सम्पत्ति र धार्मिक विश्वासलाई सजिलै ग्रहण गर्न सकिने यस्ता धार्मिक ठाउँहरुको उचित संरक्षण तथा सम्बर्द्धनमा सरोकारवालाको ध्यान जान जरुरी छ ।