पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वास्थ्य बिमा सम्बन्धी सन्देश तथा रेडियो कार्यक्रम प्रसारण गर्ने विषयमा सम्झौता

radionepal

काठमाडौँ । रेडियो नेपाल र स्वास्थ्य बिमा बोर्डबीच स्वास्थ्य बिमा सम्बन्धी सन्देश तथा रेडियो कार्यक्रम प्रसारण गर्ने विषयमा आज सम्झौता भएको छ ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी. र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार रेडियो नेपालबाट स्वास्थ्य बिमा सम्बन्धी सन्देश दैनिक रुपमा र स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रम हरेक हप्ता बुधवार बिहान ८ः१५ देखि ८ः३० सम्म प्रसारण हुनेछ ।

No description available.

हाल नेपालका ६२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भई करिब ३६ लाख जनाले यो सेवाबाट लाभ लिइसक्नुभएको बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले जानकारी दिनुभयो । यो आर्थिक वर्षभित्र सबै जिल्लामा स्वास्थ्य बिमा सेवा पुर्‍याउने लक्ष्य रहेको डा. बसौलाले जानकारी दिनुभयो ।

No description available.