पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच एक्लाएक्लै वार्तापछि नेकपा सचिवालय बैठक सुरु

radionepal

काठमाडौँ । नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।बैठक सुरु हुनुअघि अध्यक्षद्वयबीच बालुवाटारमा दिउँसो १२ बजेर २० मिनेटबाट एक्लाएक्लै छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्छ ।नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउदै पत्र दर्ता गरेपछि र प्रधानमन्त्रीले त्यसको प्रत्युत्तर दिनुभएपछि उहाँहरुबीच भेटवार्ता भएको थिएन ।

अध्यक्षद्वयबीच सहजीकरण गर्न दुबै पक्षका दोस्रो तहका नेताहरुको लामो प्रयासबीच आजको सचिवालय बैठक अघि उहाँहरुबीच छलफल सम्भव भएको हो ।