पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मठ मन्दिर खुला भएपछि कालिञ्चोकका व्यवसायी उत्साहित

[caption id="attachment_118188" align="alignnone" width="1024"] कालिञ्चोकको कुरी[/caption]

दोलखा ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारीसमा जिल्ला प्रशासन कार्यालय दोलखाले मठ मन्दिरहरु खुला गर्ने निर्णय गरेपछि कालिञ्चोक कुरीका होटल व्यवसायीहरु उत्साहित भएका छन् ।कोरोना संक्रमणका कारण दोलखाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकको कुरीमा रहेका होटलहरु चैत्र ११ गतेदेखिनै बन्द प्राय रहेका थिए । भदौ असोजमा केहि समय कालिञ्चोकमा थोरै संख्यामा पर्यटकहरु पुगेको भएपनि असोज ३० गतेबाट स्थानिय प्रशासनले मन्दिर दर्शनमा पुर्णरुपमा प्रतिबन्ध लगाएको थियो ।

[caption id="attachment_118189" align="alignnone" width="1024"] कालिञ्चोक मन्दिर[/caption]

विहिवार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले दोलखाको कालिञ्चोक, भीमेश्वर मन्दिर लगायतका धार्मिक स्थलहरु खुला गर्न सिफारीस गरेपछि जिल्ला प्रसाशन कार्यालय दोलखाले शुक्रवारबाट जिल्लाका सबै मठ मन्दिरहरु खुला गर्ने निर्णय गरेको हो ।

कालिञ्चोक कुरीमा सञ्चालित सुनपाति होटलका सञ्चालक हरि ओली स्थानिय प्रसाशनले मठ मन्दिर खुला गर्ने निर्णय गरेकोले कुरीका होटल व्यवसायीहरुमा उत्साह पलाएको बताउछन् । झण्डै एक बर्ष होटल बन्द हुँदा हामी झण्डै विस्थापितको अवस्थामा पुगेका छौ ओलीले भने – कालिञ्चोकमा पर्यटन आउने मुख्य सिजनमा मन्दिर खुला गर्ने प्रसाशनको निर्णयले निक्कै राहत पुगेको छ ।

[caption id="attachment_118190" align="alignnone" width="720"] भीमेश्वरको मन्दिर[/caption]

कालिञ्चोकमा साना ठुला गरी ५५ भन्दा बढी सुविधा सम्पन्न होटलहरु रहेका छन् । सबै होटलहरुले रुप स्प्रे, दैनिक सरसफाई, मास्क, सेनेटाईजरको प्रयोग जस्ता सुरक्षा सावधानि अपनाउने सुनपाति होटलका सञ्चालक ओलीको भनाई छ ।

मठ मन्दिर खुला भएपछि कालिञ्चोकमा रहेको केवलकार पनि शुक्रवारबाटै सञ्चालनमा आएको छ । केबलकारले पनि कोरोना संक्रमणबाट जोगिन पूर्ण सुरक्षा सावधानि अपनाएको कालिञ्चोक केबलकार प्रालिका अध्यक्ष बालकृष्ण शिवाकोटीले बताए ।

मठ मन्दिर खुला गर्ने स्थानिय प्रसाशनको निर्णय पछि दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर पनि शनिवारबाट खुला गर्ने निर्णय भीमेश्वर मन्दिर पुजा तथा गुठी व्यवस्थापन समितिले गरेको छ । शनिवार मन्दिरमा क्षमापुजा गरी बाहिरबाटै दर्शन तथा पुजा आरधना गर्ने गरी सर्व साधारणको लागि मन्दिर खुला गरिएको भीमेश्वर मन्दिर पुजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।