पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शेयर ब्रोकर कमिसन घटाउन माग

काठमाडौं । शेयर बजारका लगानीकर्ताहरुका विभिन्न संघ संगठनले शेयर ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् ।

उनीहरुले शुक्रबार बोर्डको कार्यालय पुगेर आफ्नो माग प्रस्तुत गरेका हुन् । विभिन्न प्लेकार्डसहित बोर्ड पुगेका लगानीकर्ताहरुले नेपालमा ब्रोकरले लिने कमिसन अति नै धेरै भएको बताएका छन् ।

लगानीकर्ताहरुले दैनिक ८–९ करोड रुपैयाँको कारोबार हुँदाको कमिसन र अहिले ८–१० अर्ब कारोबार हुँदाको कमिसन बराबर हुनु तर्कसंगत र वैज्ञानिक नभएको भन्दै यसलाई घटाउन बोर्डलाई उनीहरुले आग्रह गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूहले माग गरेका हुन् ।