पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बस र कार ठोकिदा कार चालकको मृत्यु

[caption id="attachment_112649" align="alignnone" width="1024"] सांकेतिक तस्बिर[/caption]

बर्दिवास । पूर्व–पश्चिम राजमार्ग अन्तरगत महोत्तरी र सर्लाही सीमा क्षेत्रमा पर्ने बाँके जङ्गलमा बस र कार एकआपसमा ठोकिदा कार चालकको मृत्यु भएको छ ।

जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा जाँदै गरेको ना४ख २७९६ नम्बरको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार आपसमा ठोक्किँदा कार चालक महोत्तरी जिल्ला मनरासिशवा नगरपालिका–१ का नागेन्द्र कुमार सिंहको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

बुधवार राति ८ बजे भएको दुर्घटनामा दुर्घटनामा गम्भीर घाइते भएका कार चालक सिंहलाई उपचारका लागि लामबन्दीतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।