पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पार्कमा मोटरसाइकल ठोकिदा एकको मृत्यु 

 

 

बर्दिवास । महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

 

माईस्थान–गौशाला सडक खण्डको सुर्तिविकास चोक नजिकै  पार्कमा बुधवार राती मोटरसाइकल ठोक्किँदा गौशाला नगरपालिका वडा नं. ८ का अन्दाजी १९ वर्षीय अमर पाँचेको मृत्यु भएको र सोही स्थानका अन्दाजी १७ वर्षीय युवराज बलम्पानी गम्भीर घाइते भएको गौशाला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भोजराज दर्लामीले बताउनुभयो ।

 

दुर्घटनामा मृतक पाँचेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते बल्मपाकीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि जनकपुर पठाइएको बताउनुभयो ।

 

गौशाला नगरपालिका–४ रजखोरमा आफन्तलाई पु¥याई फर्किनेक्रममा पार्कमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको वडा अध्यक्ष दर्लामीले बताउनुभयो ।

 

सडकमा पार्क निर्माण भएसँगै पार्कमा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदै आएको स्थानीयहरुको गुनासो छ ।