पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्सेमा नयाँ रेकर्ड

काठमाडौं । पछिल्लो सयम नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले निरन्तर नयाँ रेर्कड कायम गर्दै गएको छ । यस क्रममा बुधबार पनि २०७७ विन्दुसम्म पुगेको नेप्से सूचक २०७१.०२ विन्दुमा फर्किएर बन्द भएको छ ।

बुधबार बढेको बजारमा लगानीकर्ताहरू माइक्रोफाइनान्स कम्पनीहरूमा आकर्षित भएका देखिन्छन् । यस दिन माइक्रोफाइनान्स उपसमूहको सूचक ७.९५ प्रतिशतले बढेको छ भने २३ वटा माइक्रोफाइनान्सको शेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १२ उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने एक वटा उपसमूहको सूचक मात्रै नकारात्मक देखिएको छ । यस दिन व्यापार उपसमुहको सूचक बाहेक सबै सकारात्मक देखिएका छन् । 

बुधबार २०१ कम्पनीहरुका एक करोड ५५ लाख ६४ हजार ४२७ कित्ता शेयर किनबेच भएर ७ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ यस दिन कारोबारमा आएका ११७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ वटाको घटेको छ । 

१५ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन ।