पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संघसंस्था, व्यवसाय तथा हल अझै १५ दिन नखोल्न सरकारको आग्रह

radionepal

बालिका मादेन, काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण नखोल्न भनिएका सेवा र कार्यहरु अझै १५ दिनसम्म सञ्चालन नगर्न आग्रह गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्ड उलंङ्घन हुने किसिमका संघसंस्था, व्यवसाय, सभा तथा हलहरु आगामी १५ दिन सम्म सञ्चालन नर्गन आग्रह गर्नुभयो  । 

प्रवक्ता प्रा. डा. गौतमले सभा, धर्ना, जुलुस जस्ता कार्य नर्गन आग्रह गर्नुहुदै आगामी १५ दिनपछि संक्रमणको अवस्था हेरेर मात्र हाल जारी जनसस्वास्थ्य मापदण्डको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

प्रवक्ता प्राध्यापक डा गौतमले मंसीर महिनापछि विद्यालय सञ्चालनका लागि थोरै संख्यामा विद्यार्थी भएका स्थानबाट मात्रै जनस्वास्थ्यका मापदण्ड कडाईका साथ अपनाइ विद्यालय सुचारु गर्न निर्णय भएको जानकारी दिनुभयो ।