पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फरार प्रतिवादी पक्राउ १५ वर्षपछि पक्राउ

आशिष कुमार यादव, सुनसरी । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ वर्ष पछि पक्राउ गरिएको छ । 

सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान २ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

२०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा ४ राजमार्गमा दुर्घटना हुदा बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो । 

बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ हिजो पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको सुनसरी प्रहरीले जनाएको छ ।