पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बन्द सिमा नाका तत्काल खोल्न कांग्रेस नेता महतको माग

ध्रुव अधिकारी, वीरगञ्ज । नेपाली कांग्रेसका नेता डा.प्रकाश शरण महतले कोरोना संक्रमणलाई बहाना बनाएर लामो समय देखि आवत जावत बन्द रहेको खुला सिमा तत्काल खोल्नु पर्ने बताउनु भएको छ । 

नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतले नेपाल भारतको खुला सिमा बन्द हुँदा धार्मिक, सांस्कृतिक, पारम्परिक सम्बन्ध सँगै पर्यटन क्षेत्रमा समेत नकरात्मक प्रभाव परेको हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाई बन्द रहेको सिमा खुला गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्व मन्त्री एवं कांग्रेस नेता सुरेन्द्र चौधरी, जनाद्र्धन सिंह क्षेत्री, प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, रामनारायण कुर्मी, इम्तियाज आलम लगायतको उपस्थिति रहेको थियो ।