पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बर्दियामा सिकलसेल राष्ट्रिय उपचार केन्द्र सञ्चालन हुने 

radionepal

टीकाराम चौधरी, बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा सिकलसेल रोगको उपचारका लागि राष्ट्रिय उपचार केन्द्र (अस्पताल) सञ्चालनको लागि भवन निर्माणको काम शुरु भएको छ । 

बर्दियामा राष्ट्रिय सिकलसेल उपचार केन्द्र र नगर अस्पताल सञ्चालनका लागि नगरपालिकाले आज भवन निर्माणको शिलान्यास गरिएको हो । 

बर्दियाका सिकलसेल रोगका बिरामीहरुले अन्यत्र जिल्लामा उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोले जिल्लामै सिकलसेल रोगको उपचार केन्द्र स्थापना गर्ने तयारी सहित भवन निर्माणको काम शुरु गरेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कविरले जानकारी दिनुभयो ।

यस वर्ष नगरकै बजेटबाट १५ शैयाको अस्पताल बनाउनका लागिएको छ । उक्त भवनको तिन वटा ब्लक निर्माण गर्ने योजना रहेको र यस वर्ष एउटा ब्लकको लागि करिब ६ करोड २५ लाखको बजेटमा ढाई तल्ले भवन एक वर्ष भित्रमा निर्माण हुने छ । 

उक्त नगर अस्पताल तथा सिकलसेल उपचार केन्द्रमा निशुल्क सिकलसेल रोगीको उपचार हुने र राज्यले प्रदान गर्ने ८ प्रकारका बिपन्न नागरिक उपचारका सबै उपचार हुने अस्पताको रुपमा बिकास गर्ने नगरप्रमुख थारुले बताउनुभयो । 

बर्दियामा राष्ट्रिय सिकलसेल उपचार केन्द्रको स्विकृति लिने प्रक्रियामा रहेको नगरप्रमुख थारुले जानकारी गराउनुभयो ।