पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुगर्म क्षेत्रमा डाक्टर पाउन मुश्किल

सीपी लोहिया, बैतडी । दुगर्म क्षेत्रमा डाक्टर पाउन मुस्कील भएको छ । बैतडीका दुईओटा प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा समेत दरबन्दी अनुसारका डाक्टर नहुँदा नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिमा असहज भईरहेको छ । 

जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा स्वास्थ्य सेवा पाउन निकै मुस्कील भएको स्थानीय केशवसिंह भाटले बताउनुभयो । 

प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ बर्षपछि मात्रै दुई बर्ष अघि डाक्टर आएपनि पछिल्लो डेढ बर्ष यता प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन रहेको उहाँले बताउनुभयो । 

अहिले मेलौली नगरपालिका मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको पदपूर्तीका लागि आवेदन आह्वान गरेको भएपनि कोही नआएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा इसीजी, एक्सरे लगायतका सेवा सञ्चालनमा आउन नसकेका चन्दले जानकारी दिनुभयो । 

यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि डाक्टर विहिन भएको छ । केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा छन् भने करारमा काम गरिरहेका डाक्टर सुत्केरी बिदामा बसेपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिनुभयो ।