पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश आर्थिक मामिला मन्त्रीद्वारा विद्यालय भवन उद्घाटन

radionepal

टेकराज भण्डारी, अछाम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले अछामको बान्निगढी जयगढ गाउँपालिका ६ दर्नामा निर्माण गरिएको ८ कोठे भवनको उद्घाटन गर्नुभएको छ ।

प्रदेश सरकारको ७० लाख बजेटमा निर्माण गरिएको ऐश्वर्य माध्यमिक विद्यालयको ८ कोठे भवनको मन्त्री बोहराले आज उद्घाटन गर्नुभएको हो ।  
भवनको उद्घाटन गर्दै मन्त्री बोहराले समुन्नत समाज निर्माणमा लागि गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले शिक्षाको सुधारका लागि प्रदेश सरकारबाट कुनै कसुर बाँकी नराख्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । विगत एक हप्तादेखि अछाम जिल्लामा रहनु भएका मन्त्री बोहराले सडक शिलान्यास, विद्यालय भवन शिलान्यास, उद्घाटन लगायतका विकास निर्माणका काममा सक्रिय रहनुभएको छ ।