पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना संक्रमणबाट थप १५ सय ६७ जना निको, ९ जनाको मृत्यु

radionepal

बालिका मादेन, काठमाडौं । आज देशभर कोरोना संक्रमणबाट  १ हजार ५ सय ६७ जना निको भएका छन् । 

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको दर ९२ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै आज थप १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ३ सय पिसिआर परिक्षण गर्दा ९ सय २५ पूरुष र ५ सय ६५ महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

काठमाडौ उपत्यकामा ३ सय ९८ जना पुरुष र ३ सय २५ जना महिला गरी ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । 

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । 

आज देशभर कोरोना भाईरसका संक्रिय संक्रमित १६ हजार ५ सय ४७ जना रहेका छन् । जसमध्ये गम्भिर लक्षण देखिएका ३ सय ६५ जना आइ.सी.यू र ६४ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणका कारण आज थप ९ जनाको मृत्यु भएको छ  । यो सँगै नेपालमा कोरोना संक्रमण पछि मृत्यु हुनेको कूल संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।