प्लाज्मा आदान प्रदानका लागि एप्स सञ्चालन

कुमोद अधिकारी, विराटनगर । विराटनगर महानगरपालिकाले प्लाज्मा आदान प्रदानमा सहजता होस भन्ने उदेश्यले आजदेखि एप्स सञ्चालन गरेको छ ।
प्लाज्मा दाता र सम्वन्धितकर्ता विच समन्वय गर्न तथा कोरोना सक्रमितको उपचारमा सहयोग पुर्याउन महानगरपालिकाले एप्स सञ्चालन गरेको हो ।
महानगरपालिकाका प्रमुख भिम पराजुलीले एक कार्यक्रमका विच एप्सको शुभारम्भ गर्नुभयो । रिर्पोट नेगेटिभ आएका कोरोना सक्रमितले एक महिनाभित्र प्लाज्मा दान गर्न सकिने जनाइएको छ ।
त्यसका लागी प्लाज्मा दानगर्न इच्छुक व्यक्तिले जानकारी प्राप्त गर्न गुगल स्टोरमा गएर प्लाज्मा बैंक विराटनगर डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसबाट सबै जानकारी प्राप्त हुने र त्यसमा व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ ।
त्यस्तै विराटनगर महानगरपालिकाको वेभसाइडमा गएर यस विषयमा जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
एप्सको शुभारम्भ गर्नुहुदै महानगरपालिकाका प्रमुख भिम पराजुलीले कोरोना सक्रमितहरुको उपचारमा सहजता पुर्याउन एप्स सञ्चालन गरिएको बताउनुभयो । प्लाज्माको आवश्यकता पर्दा जो कोहीले पनि एप्सवाट सहजै जानकारी लिन सकिने भएकाले एप्स लाभदायी हुने भन्दै निको भएका सक्रमितलाई प्लाज्मा दानगर्न समेत उहाँले आग्रह गर्नुभयो ।
व्यक्तिले दिएको प्लाजमा दुई महिनासम्म प्रयो गर्न सकिने छ ।