नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छः मन्त्री ढकाल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताउनु भएको छ ।
योगी नरहरिनाथ प्राकृतिक चिकित्सालय चितवनको आज निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो ।
उहाँले जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेको बताउनुभयो ।
रासस