पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘गाउँ गाउँमा सेवा सुविधा पुर्याएर बसौं बसौं बनाउनुपर्छ’

radionepal

किरण श्रेष्ठ, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा सेवा सुविधा पुर्याएर बसौं बसौं बनाउनुपर्ने बताउनुभएको छ ।  

व्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदी सुंडे पुलको उद्घाटन गर्नुहुँदै नेता पौडेलले गाउँमा रोजगारीका अवसर सिर्जना गरेर श्रमशक्तिलाई गाउँमै राख्नुपर्ने धारणा राख्नुभयो ।