पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भाडादर अनुगमन नहुँदा सर्वसाधारण प्रभावित

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । वीरगञ्ज देखि पोखरीया तथा भिष्वा लगायतका पर्साको ग्रामिण क्षेत्रमा सञ्चालित सार्वजनिक यातायातमा भाडादर आकासिएपछि सर्वसाधारण प्रभावित भएका छन् । 

पर्साको ग्रामिणक्षेत्रमा सञ्चालित हल्का सवारी साधन अटो, ई–रिकसा, टेम्पोको भाडा दर आकाशिएको छ । 

लकडाउन हुनु भन्दा अगाडी वीरगञ्जबाट पोखरीयाको भाडा दर ५० रुपैया रहेकोमा अहिले यातायात व्यवसायिले ८० रुपैया सम्पन्न लिने गरेका छन् । त्यसैगरी पोखरीयाबाट भिष्वा जाँदा पनि ८० रुपैया तिर्नुपर्ने बाध्यता रहेको स्थानिय वासिन्दाले बताएका छन् । 

पर्साको ग्रामिण भेगबाट सञ्चालित अटो, टेम्पो, ई–रिक्साका चालकहरुले सरकारी निकायबाट आफूहरुलाई कुनै निर्देशन नआएको र लकडाउन पछि कम यात्रु राखेर बढी भाडा लिने गरिएको बताएका छन् । 

नेपाल सरकारले निरधारण गरेको अटो को ब्लुबुकमा ३ जना मात्र यात्रु राखेर गाडी चलाउन अनुमति दिएको ठाउँमा ६ जना यात्रु राखेर अटो चलाउँदा यात्रुहरुको ज्यान जोखिममा पारेको छ । 

अटोको क्षमता भन्दाबढी मानिस राख्दा दुर्घटनाको खतरा बढेको छ । नियमविपरित ६ जनालाई अटोमा चढाउँदा पनि प्रहरी प्रशासन र ट्राफिक प्रहरीले कुनै कारवाही तथा अनुगमन नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।