बीऊ बचाउन र ताजा तरकारीको लागि पानीपोखरी निर्माण

दयाराम पण्डित, बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाले कृषकको विउ बचाउन र ताजा तरकारी फलाउन आधुनिक सिँचाई प्रविधि अपानाएको छ ।
पानीको श्रोत कम भएको तर वस्ति नजिकको खेतवारी सिंचाइँ गर्न बहुउपयोगी पानीपाखरी निर्माण गरेको बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी गराउनुभयो । बडीमालिका नगरपालिकाका १७ ठाउँमा पानी पोखरी निर्माण गरिएका छन् ।
कोद्र्धमा चार, मना ३, रिला चार, पाटा, सल्लेना, माझिगाँउ, देनजुुगाडा, पिनालेख , नुवाकोट, रजाली र डुुग्रीमा एक÷एक पानीपोखरी निर्माण गरेर उपयोगमा ल्याएको नगरप्रमुख बडुवालले बताउनुभयो । १ करोड ३६लाख रुपैंयाका लागतमा पानीपोखरी हालै निर्माण गरेका हुन् ।
बिहान बेलुकी मुल रिजरभाइ टंकीबाट खानेपानी धारामा पठाईन्छ भने राति उक्त पानी पोखरीमा जम्मा गरिन्छ । रातभर जम्मा भएको पानीले करेसाबारीलाई सिञ्चित गर्न पुुग्छ । खानेपानीको दोहोरो सुविधा उपभोग भएको कृषक बताउँछन् ।
बडीमालिका नगरपािलकाका प्रायजसो गाउँमा पानी पोखरी पुुगेपछि ताजा तरकारी तथा फलफुल उत्पादन गर्न सहज भएको देखिन्छ । बडीमालिकाका नगरपालिकाका ३ हजार १ सय २९ परिवार मध्ये करिव आठ सय परिवारका लागि पानी पोखरी सुबिधा भएको छ ।