सभा, जुलुश लगायतका भिडभाडजन्य गतिविधि नगर्न अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सभा जुलुश लगायतका भिडभाडजन्य गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौले कोरोना महामारीको नियन्त्रण अझै नियन्त्रणमा आउने अवस्था नदेखिएकाले सरकारले तोकेको निर्देशनको पालना गर्नु/गराउनु प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गरेको छ ।
सरकारी निर्देशन विपरीत सभा, जुलुश लगायतका भिडभाडजन्य गतिविधि गरे/गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।