पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सोलुखुम्बुमा तीन अस्पताल भवनको शिलन्यास

सन्तोष राउत, सोलुखुम्बु । सोलुखुम्बुमा पाँच ओटा अस्पताल भवनको शिलन्यास हुनुपर्नेमा तीन वटा गाउँपालिकामामा मात्र शिलन्यास भएको छ । जग्गा तथा आन्तरिक तयारी नपुगेका कारण दुई वटा पालिकामा हुन नसकेको हो । 

जिल्लाको सोताङ, माप्यदूधकोशी महाकुलुङ, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिकामा अस्पताल बन्ने भएको छ । जसमा लिखुपिके, सोताङ र महाकुलुङ गाउँपालिकामा शिलन्यास भएको छ । अन्यमा केही दिनमा गर्ने पालिकाहरुले जनाएका छन् ।

लिखुपिके, सोताङ र महाकुलुङ गाउँपालिकामा १५ शैया तथा माप्यदूधकोशी, खुम्बु पासाङल्हामु र लिखुपिके गाउँपलिकामा ५÷५ शैयाको अस्पताल निर्माण हुने भएको छ । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको अस्पतलको सबै भवनहरु एउटै डिजाइनका हुनेछन् ।