पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रिब्दीकोटमा बुद्ध मूर्ति प्रतिस्थापन

radionepal

बिष्णु खनाल, पाल्पा । पाल्पाको रिब्दीकोट ६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दिकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा सोमबार बिहान कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धकोमूर्ति प्रतिस्थापना गरिएको हो ।

भिक्षु महासंघका अध्यक्ष श्री भिक्षु मैत्री महास्थबिरको उपस्थितिमा भएको प्रतिस्थापन कार्यक्रममा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा बिकास समितिका कार्यकारी सदस्य एबं विहार प्रमुख श्री भिक्षु मेधकर स्थबिर (नारायण बहादुर आले मगर) र भिक्षु ज्ञानेन्द्र ज्यूको समेत सहभागीता रहेको थियो । 

समितिका अध्यक्ष हुम बहादुर थापा (पचभैया)ले बिहार निर्माणका लागी अहिले सम्म झण्डै १२ लाख खर्च भएको जानकारी दिदै काम सम्पन्न गर्नाका लागी अझै बाकी रहेको जानकारी दिनुभयो । बिहार निर्माण गर्न आर्थिक, भौतिक सहयोग गर्ने सवैलाई अध्यबाद दिदै अध्यक्ष थापाले बाकी काम पुरा गर्न पनि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।