पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सोलुखुम्बुमा ड्यूटीमा खटिएका प्रहरीको मृत्यु

सन्तोष राउत, सोलुखुम्बु । सोलुखुम्बुमा ड्यूटीमा खटिएका एक प्रहरीको मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भएका ५० वर्षीय चित्रबहादुर गुरुङको ड्यूटीमा रहेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक पदमा फाप्लु विमानस्थल सुरक्षा गार्ड ईन्चार्ज रहेका गुरुङ ड्यूटीकैै क्रममा अचानक बेहोस भई ढलेपछि फाप्लु अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उहाँको हृदयघातबाट निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शवलाई आफन्तको जिम्मा लगाइएको छ ।