पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिन्धुपाल्चोकको ऐतिहासिक गौराती मेला सामान्यरुपमा मनाइयो

radionepal

जीवन श्रेष्ठ, चौतारा । सिन्धुपाल्चोकको ऐतिहासिक गौराती मेला यस वर्ष सामान्यरुपमा मनाइएको छ । प्रत्यक कर्तिक पूर्णिमाको दिनबाट पाँचदिन सम्म लाग्ने सो मेला कोरोना भाइरस संक्रमण जोखिमका कारण सामान्यरुपमा मनाइएको हो । 

जात्रामा हुने भीडभाडले कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले जात्रा नगर्न सम्वन्धित गुठीलाई अनुरोध गरेपछि सामान्य पुजाआजा गरेर मनाइएको हो ।

मेलाको प्रमुख आकर्षण भीमसेन रथारोहण भने ट्रकमा गरिएको छ । जिल्ला सदरमूकाम चौतारा ५ स्थित पूरानो बजारमा रहेको भीमसेन मन्दिरबाट भीमसेनको प्रतिमालाई रथमा राखि युवाहरुले चार किलोमिटर टाढाको गौराति मन्दिरमा लागि मिलन गराउने चलन रहि आएको थियो । तर यसपटक रथारोहणका कारण भीडभाड बढ्न सक्ने भन्दै भीमसेनको रथलाई ट्रकमा राखि सिधै गौराती पु¥याइएको छ ।

वि.सं १९९५ सम्म चौतारा भीमसेनलाई बाजागाजासहित बोरामा हालेर गौराति भीमेश्वरमा लगि मिलन गराउन चलन थियो । १९९६ बाट काठको रथ बनाई भीमेसेनलाई रथारोहण गर्ने चलन चलेको स्थानीय ९९ वर्षीय बन्थली श्रेष्ठले बताउनु भयो । 

परापूर्वकालमा एउटा गाईले हाल मन्दिर भएको थुम्को राति दुध दिने गरेको सो को रहस्य एउटा गोठालोले थाह पाएपछि सो ठाउँमा खनि हेर्दा दिव्यस्वरुपम प्रकट भइ म भीमसेन हुँ, मेरो नित्य पुजाआजा गरे मनोकाँक्षा पुरा हुन्छ भनि अन्तरध्यान भएको किम्वदन्ति छ ।