पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिन्धुपाल्चोकमा चार अस्पतालको शिलान्यास

radionepal

जीवन श्रेष्ठ, चौतारा । सिन्धुपाल्चोकमा सोमबार एकैदिन चार स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, जुगल, लिसंखुपाखर, र बलेफी गाउँपलिकामा अस्पतालको शिलान्यास भएको हो । 

लिसंखुपाखर गाउँपालिकामा ५ शैयाको अस्पतालको राष्ट्रियसभा सदस्य सिंहबहादुर विश्वकर्माले शिलान्यास गर्नुभयो ।

त्यस्तै मेलम्ची नगरपालिकामा बन्ने १५ शैयाको अस्पतालको मेयर डम्बर आर्यालले शिलान्यास गर्नुभयो भने जुगल र बलेफीमा बन्ने १० र १५ शैयाको अस्पतालको सोही गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठ र केदार क्षेत्रीले शिलान्यास गर्नुभयो ।

मंसिर २ गते बसेको अर्थ तथा स्वास्थ्यमन्त्रीबीचको बैठकले ३९४ तहमा बन्ने अस्पतालको शिलान्यास एकै दिन गर्ने निर्णय अनुसार सोमबार सिन्धुपाल्चोकको ५ स्थानीय तहमध्ये चार स्थानीयतहमा अस्पतालको शिलान्यास गरिएको हो । 

हेलम्बु गाउँपालिकाले भने अस्पताल निर्माण हुने स्थानको माटो परीक्षण लगायतको प्राविधिक काम बाँकी भएका कारण आज शिलान्यास नगरिएको गाउँपालिकाले जनाएको छ ।