पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेफ्री राना भलिबलको अन्तराष्ट्रिय रेफ्री

काठमाडौं । रेफ्री कुल बहादुर राना भलिबलको अन्तराष्ट्रिय रेफ्री भएका छन् ।

अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको हो । एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउदै रानालाई अन्तराष्ट्रिय रेफ्री प्रदान गरिएको जनाएको छ ।

नोभेम्बरमा बसेको बोर्ड बैठकले राना अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ । रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तराष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए ।