पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्रिकेटर लामिछाने अस्पताल भर्ना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

सन्दीप काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना भएका छन् । होम आइसोलेसनमा बसेका सन्दीप स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु परेको हो । 

शनिबार सन्दीपलाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । 

सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए । अब उनी ठिक भएपछि बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । 

यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक भने होबार्ट हुरिकेन्सबाट खेल्ने छन् ।