पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नयाँ एकदिवसीय र टी २० वरियतामा नेपाल यथावत स्थानमा

radionepal

अजय बम, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीको नयाँ एकदिवसीय र टी २० वरियतामा नेपाल यथावत रहेको छ ।

सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यसअघिकै वरियतामा रहेको छ ।

जस अनुसार एकदिवसिय वरियतामा १६ औं स्थानमा छ भने टी–२० तर्फ १५ औं स्थानमा यथावत छ । ब्यक्तिगत वरियतामा पूर्व कप्तान पारस खड्का टी २० को ब्याटिङका ७० औं स्थानमा छन भने बलिङमा सन्दिप लामिछाने ८३ औं स्थानमा छन ।

पछिल्लो पटक कुनै पनि अन्तराष्ट्रिय खेल नखेलेको नेपालको वरियता पनि घटबढ भएको छैन । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया र एक दिवसीयतर्फ शीर्ष स्थानमा इंग्ल्यान्ड छन् ।