कोईलाबास भन्सार लामो समयदेखि बन्द हुदा स्थानियलाई सास्ती

किरण शाह, दाङ । दाङको मुख्य नाका कोईलाबास भन्सार लामो समयदेखि बन्द हुदा स्थानियहरुले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
कोरोना करहका कारण नाका बासिको जनजिवनको अवस्था वुझ्न कोईलाबास पुग्नु भएका प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मेटमणी चौधरीसंग स्थानीयले गुनासो गरेका हुन् ।
सांसद चौधरीलाई स्थानीयहरुले आठ महिनादेखि सीमा नाका बन्द हुँदा दैनिक उपभोग्य बस्तु खरिदबिक्री तथा रोजगारीमा समेत समस्या भएको भन्दै नाका खोल्नको लागि पहल गरिदिन आग्रह गरेका थिए ।
कोईलाबास भन्सार सिमा बन्द हुदा स्थानीयहरु दैनिकी जनजीविकामा समेत प्रभाव परेको छ । कोईलावस नाकावाट भारतीय बजार नजिक भएको हुँदा नाकावासि भारतिय वजारमा निर्भर हुनुपर्ने वाध्यता रहेको गढवा गाउँपालिका वडा नम्बर ८ का खालिक सिद्दिकिले वताउनु भयो ।
संसाद चौधरीले उद्योग मन्त्रीसँग समन्वय गरेर मंसिरभित्र नै कोइलाबास नाका खुला गर्ने बताउनुभयो ।
कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि भन्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि सीमा नाका बन्द गरेको थियो ।