पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘अपांगता भएका सबैलाई व्हिल चियर वितरण गर्ने तयारी’

radionepal

कुमोद अधिकारी, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तथ्यांक संकलन गरेर अपांग भएका सबैलाई प्रदेश सरकारले व्हिल चियर वितरण गर्ने तयारी गरिरहेको बताउनु भएको छ । 

विराटनगरमा आज आयोजित बाल अपांग टेवा संस्थाको व्हिल चियर वितरण कार्यक्रममा उहाँले अपांग बालबालिका जन्मनै नदिने गरी प्रदेश सरकारले करुणा फाउण्डेसनसंग मिलेर स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

उहाँले अपांगता भएकाहरुलाई सपांग सरह व्यवहार गर्दै प्रदेश सरकारले ल्याएको  बजेट साथै नीति तथा कार्यक्रमले अपांगमैत्री कार्यक्रम सम्बोधन गरेको बताउनुभयो । 

अपांग भएका व्यक्तिहरुले अवसर पाए जे पनि काम गर्न सक्ने भन्दै मुख्यमन्त्री राईले कुनै हीनतावोध नगरी उच्च मनोबलका साथ अगाडी बढ्न आग्रह गर्दै त्यसका लागी प्रदेश सरकारको सक्दो सहयोग रहने बताउनुभयो । 

टेवा संघका अध्यक्ष टेण्डी शेर्पाले प्रदेश सरकारले प्रत्येक स्थानीय निकायमा एक विद्यालयमा अपाङ्गहरुका लागि मात्र पठनपाठनको व्यवस्था गर्नका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमा मोरङ, सुनसरी तथा झापा जिल्लाका १५ जना अपांगता भएका व्यक्तिलाई मुख्यमन्त्री राईले व्हिल चियर वितरण गर्नुभयो ।

अपाङ्ग नवराज कार्कीले फरक क्षमता भएकाहरुलाई सीपमूलक तालीमको स्थानीय स्तरमा सुविधा हुनुपर्नेमा जोड दिदै उनीहरुलाई आवश्यक सामाग्रीको सहज उपलव्ध गराउन आग्रह गर्नु भयो ।