पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप १ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त

radionepal

बालिका मादेन, काठमाडौं । कोरोना संक्रमणबाट आज देशभर १ हजार ४ सय ४ जना निको भएका छन् । 

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको दर ९१ दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै आज थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ८ ओटा पिसिआर परिक्षण गर्दा ७ सय ४४ पूरुष र ५ सय ११ महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

काठमाडौ उपत्यकामा ३ सय ४ जना पुरुष र २ सय ४४ जना महिला गरी ५ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । 

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । 

आज देशभर कोरोना भाईरसका संक्रिय संक्रमित १७ हजार ९ सय ९ जना रहेका छन् । जसमध्ये १२ हजार २ सय ९५ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ५ हजार ६ सय १४ जना विभिन्न संस्थागत आईसोलेसनमा रहेका छन् । 

यस्तै गम्भीर लक्षण देखिएका ३ सय ६१ जना आइ.सी.यू र ५३ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणका कारण आज थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको कूल संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।