पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मैथिली भाषा साहित्यका पाँच श्रष्टालाई विद्यापति पुरस्कारको घोषणा

radionepal

अजय कुमार झा, जनकपुरधाम । विद्यापति स्मृति पर्वको अवसरमा नेपाल सरकारले स्थापना गरेको गरेको विद्यापति पुरस्कार कोषले मैथिली भाषाको विभिन्न पाँच विधामा विशिष्ट योगदान श्रष्टाहरुलाई यस वर्षको विभिन्न विधाका पुरस्कारहरु प्रदान गर्ने निर्णय गरेको छ ।

दुई लाख नगद र प्रशंसा पत्र सहितको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०७७ वाट राजविराजको मैथिली साहित्य परिषद नामक संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी, १ लाख नगद रकमको नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०७७ वाट अजित कुमार साह र सप्तरीका सुनिता कुमारी साहलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको कोषका सदस्य सचिव नविन कुमार मिश्रले जानकारी दिनु भएको छ ।

यसैगरी, १ लाखको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०७७ वाट धनुषाका सुजित कुमार झालाई र १ लाख रकमकै नेपाल विद्यापति विद्यापति पाण्डुलीपि पुरस्कार २०७७ वाट सप्तरीका अमरेन्द्र कुमार यादवलाई प्रदान गरिएको छ । सबै पुरस्कारहरुमा नगदसहित प्रशंसापत्र रहेका छन् ।

१ लाख रकमकै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०७७ वाट धनुषाका बृषेशचन्द्रलाललाई प्रदान गरिएको छ ।

विद्यापति पुरस्कार कोषकाले पुरस्कारका लागि निर्माण गरेको पुरस्कार छनौट समितिको सिफारिशमा विभिन्न क्षेत्रका श्रष्टाहरुलाई प्रदान गर्ने निर्णय भएको कोषका सदस्य सचिव मिश्रले जानकारी दिनु भयो । नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले २०६८ सालमा १ करोड अक्षय कोष खडा गरेर उक्त पुरस्कार कोषको स्थाना गरेको छ ।

नेपाल सरकारले वर्षेनी रुपमा मैथिली भाषा, साहित्य कला तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिने श्रष्टाहरुलाई वर्षेनी रुपमा पुरस्कृत गर्दै आएको छ ।