पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मन्त्री कार्कीद्वारा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन

radionepal

आशिष कुमार यादव, सुनसरी । अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ । 

कार्यालयको हाताभित्र एक विशेष समारोहबीच नवनिर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्नु भएको हो । 

अढाई तले सुविधा सम्पन्न उक्त भवन संसद विकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया विकास कोष र स्थानीय जनसहयोग गरी जम्मा ७० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा पुर्व सांसद सर्वध्वज साँवा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर वाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, ईटहरी उप महानगरपालिका प्रमुख तथा सुनसरीका प्रहरी प्रमुख लगाएत स्थानीयवासीहरुको उपस्थित रहेको थियो ।