२ दिन चलेपछि विद्यालयहरु फेरि बन्द

सीपी लोहिया, बैतडी । हिजोदेखि सञ्चालन भएका बैतडीको दशरथचन्द नगरपालिका अन्तरगतका सामुदायिक र संस्थागत विद्यालयहरु आजदेखि पुन बन्द भएका छन् ।
समूदाय स्तरमै लक्षण सहितका कोरोना संक्रमित देखिन थालेपछि २ दिन चलेका विद्यालय फेरि बन्द गर्ने निर्णय गरिएको हो । आज बसेको दशरथचन्द नगरपालिका कार्यपालिकाको बैठकले १० दिनपछि विद्यालय खोने निर्णय गरेको छ । अहिले सञ्चालन भइरहेका परिक्षा भने स्थगित नगर्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताउनुभयो ।
नगरपालिकाले गत बुधबार एक सूचना जारी गर्दै नगर क्षेत्रका विद्यालयहरु मंसीर ११ देखि सञ्चालन गर्न आग्रह गरेको थियो । कोरोना भाईरसका कारण लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालनका लागि निर्देश गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिनुभयो ।
लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा नराम्रो असर परेकाले विद्यालय खोलिएका थिए ।