पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वडाध्यक्षमा कोरोना संक्रमण, सेवाग्राही मारमा

radionepal

उत्सव आचार्य, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षमा कोरोना संक्रमण भएपछि कार्यालयले प्रदान गर्ने सेवाबाट सेवाग्राही मारमा परेका छन् ।

वडाअध्यक्ष राजकुमार साहसहित परिवारका अन्य दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि विगत १३ दिनदेखि वडाअध्यक्ष साह, श्रीमती र छोरा होम आइसोलेसनमा बसेपछि वडा नं. –८ बाट प्रदान हुने सेवामा प्रत्यक्ष असर परेको छ ।

कञ्चनरुप नगरपालिकामा ९६ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् जसमध्ये ३ जनाको मृत्यु भइसकेको छ । नगरपालिकामा सक्रिय संक्रमितको संख्या १७ जना रहेको छ ।

६ जना होम आइसुलेसनमा, ४ जना विभिन्न कसुरमा ईलाका प्रहरी कार्यलय कञ्चनपुरमा रहेका थुनुवा र ७ जना कञ्चनरुप नगरपालिका वडा नं.–११ स्थित दुर्गा आधारभूत विद्यालयमा रहेको आईसोलेसन सेन्टरमा उपचारार्थ रहेको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक रामसेवक यादवले बताउनु भयो ।