पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

घोषणापत्र कार्यान्वयन हुने गरी निर्णय गरिनेः अर्थमन्त्री पौडेल

radionepal

रामप्रसाद आचार्य, रुपन्देही । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्र कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताउनुभएको छ । 

प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पौडेलले जनताका पक्षमा निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी निर्णय गर्दै जाने बताउनुभएको हो ।

‘मन्त्रिपरिषद्को बैठकले गर्ने निर्णय बैठकबाट हुन्छ । अर्थमन्त्रालयले गर्ने निर्णय स्वयं मन्त्रालयलले गर्दै हामीले निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी जनमुखी निर्णय गर्छौ’ उहाँले भन्नुभयोे । उहाँले ५ वर्षको अवधि नसकिदै घोषणा पत्र कार्यान्वयन गरेर पुनः जनता सामु जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपाका महासचिव समेत रहनुभएका पौडेलले पार्टीको समस्या समाधान गर्दै पार्टी एकताको रक्षा गर्नमा नेतृत्व लागेको बताउनुभयो । उहाँले पार्टीभित्र विवाद हुँदा प्रतिपक्षी दलसंग सत्ता साझेदार गर्न शेरबहादुर देउवासँग छलफल भएको हल्ला निराधार रहेको बताउनुभयो । 

अर्थमन्त्री बनेपछि पौडेल पहिलोपटक रुपन्देही आउनुभएको हो ।