पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना सङ्क्रमणमूक्त

radionepal

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । 

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । 

यसैगरी आज थप ५ हजार ६ सय ९९ जना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । 

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १९ हजार ९ सय ६३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ३ सय २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।