पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

राकेश गुप्ता
सर्लाही  । सर्लाहीको हरिवन नगरपालिकामा सडकबाट ३० फिट तल ट्याक्टर खस्दा  ट्याक्टर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. २ बस्ने ४१ वर्षीय कामी सिंह घलान रहेका छन् ।  

वडा नं. २ बेलचौतरास्थित कच्ची सडक खण्डमा सिन्धुली तर्फबाट हरिवनतर्फ आउँदै गरेको ना६त ३०९३ नम्बरको पुरानो घरको काठ लोड ट्याक्टर सडकबाट अन्दाजी.३० फिट तल खस्दा ट्याक्टर चालक घलानको ट्याक्टरले च्यापिएर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जनाएको छ ।