पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डिसेम्बरमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको योजना

अजय बम, काठमाडौं । नेपाली फुटबल टिमले पाकिस्तानसँग डिसेम्बरमा घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।

एन्फाका अनुसार नेपालले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको छ । तर कतिवटा खेल खेल्ने निश्चित भैसकेको भने छैन । अहिलेसम्मको योजना अनुसार दुईवटा खेलका लागि एन्फाले पहल गरेको छ । यसका लागि फिफाको फ्रेन्डली विन्डोजमा नै मैत्रीपुर्ण खेल खेलाउने तयारी गरिएको छ ।

फिफाको अर्को विन्डो डिसेम्बरमा भएकाले एकिन मिति तय गरिएको छैन । नेपाली फुटबल टिमले यही साता बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किएको हो । दुई खेल मध्ये नेपालले पहिलो खेलमा २–० को हारको सामना गरेको थियो भने दोश्रोमा गोलरहित बराबरी खेलेको थियो ।