पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महिला टी–ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सर्यो

काठमाडौं । सन् २०२२ को आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष पछि सार्ने निर्णय गरेको हो । दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकप अब २०२३ को फेब्रुवरी ९ देखि २६ सम्म हुनेछ । यस अघि महिला विश्वकप २०२२ को अन्तिममा हुने बताईएको थियो । 

सन् २०२० को महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको थियो । घरेलु भूमिमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो ।