पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वर्ल्डलिंक र आईमार्क प्रा.लि. विस्टाबाट सम्मानित  

भुवनप्रसाद आचार्य, काठमाडौं । वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्सले नेपालका वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र आईमार्क प्रा.लि.लाई  विस्टा ग्लोबल आईसीटी एक्सीलेंस मेरिट अवार्डवाट सम्मानित गरेको छ । 

मलेसियामा भइरहेको टेकफेस्ट लाइव एक्स रोड मलेशिया २०२० को दोश्रो दिन विस्टाले वर्ल्डलिंकलाई डिजिटल अपर्चुनिटीर ईन्क्लुजन अवार्ड र आईमार्कलाई कोविड–१९ वेस्ट ईन्ड्रस्ट्रि सोलुसनबाट सम्मानित गरेको हो ।

विगत २० वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोवल आइसिटी एक्सिलेन्स अवार्ड कार्यक्रम कोविड–१९ महामारीका कारण यो वर्ष भर्चुवल माध्यमबाट गरिएको थियो । 

विश्व बैंकका सिनियर डिजिटल डेभलपमेन्ट स्पेस्लिस्ट ओलेग पेट्रोव, डिजिटल ट्रेड नेटवर्कका जेनेभा प्रतिनिधि निक एश्टन हार्ट लगाएत सात सदस्यिय छ्नौट समितिले विश्वका विभिन्न मुलुकवाट प्राप्त सयौं आवेदनहरुवाट ४१ वटा निजी कम्पनी तथा सार्वजनिक संस्थाहरुलाई अवार्डका निम्ति छनौट गरेको हो ।

नेपालको सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विषेश योगदान गरेबापत वर्ल्डलिंक सो पुरस्कारवाट सम्मानित भएको हो । वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ८५५० ठाउँबाट निशुल्क वाईफाई सेवा दिंदै आएको छ भने दैनिक करिब १ लाख ५० हजार जनाले सो सेवा लिइरहेको जनाएको छ ।

आईमार्कले, पायोनियर एसोसियट्स र आईडियल कन्सर्न संगको सहकार्यमा नेपाल सरकारको निम्ति कोविड एनपि मोवाईल एप्लिकेशन बनाएको थियो भने, कोभिड–१९ र यसको रोकथाम उपायहरूको बारेमा सिक्नको लागि सर्वसाधारण र स्वास्थ्यकर्मिहरुको निम्ति वेबमा आधारित प्लाट्फर्म उपलब्ध गराएको थियो ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा, विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्ने क्यान महासंघले जनाएको छ ।