पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालगन्ज रंगशालामा खेल प्रशिक्षण सुचारु

radionepal

गुरमुरत यादव, बाँके । नेपालगन्ज रंगशालामा शुक्रवारदेखि प्रशिक्षण सुचारु भएको छ । कोरोनाका कारण गत ९ चैतबाट बन्द भएको प्रशिक्षण शुक्रवारबाट सवै खेल विधाको प्रशिक्षण सुचारु भएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले एक कार्यक्रमका वीच खेल प्रशिक्षण सुचारु गर्नुभयो । कार्यक्रममा उपाध्याय र खड्कालाई समितिका कर्मचारी, खेलकुद संघका पदाधिकारी, प्रशिक्षक र खेलाडीले फुलको गुच्छा दिएर स्वागत तथा सम्मान गर्नुभएको थियो ।

प्रशिक्षण सुचारु कार्यक्रममा समितिका कार्यालय प्रमुख चन्दले सरकारको नीति अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरी खेल प्रशिक्षण सुचारु गरिएको बताउनुभयो । उहाँले कोरोना संक्रमणलाई मध्यनजर गरी प्रशिक्षण दिन र लिन प्रशिक्षक तथा खेलाडीलाई निर्देशन दिनुभयो ।