पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप दुई हजार एक सय तीन जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि

radionepal

काठमाडौं । देशभर आज थप दुई हजार एक सय तीन जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप दुई हजार एक सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ ।

त्यस्तै देशभरका सस्थागत तथा होम आइसोलेसनबाट आज दुई हजार आठ सय ५८ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या एक लाख ८५ हजार छ सय ३८ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा थप १७ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार दुई सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।