पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सङ्घीय संसद् अधिवेशनको तयारी सुरु

अच्युत अर्याल
काठमाडौँ ।
संघीय संसद सचिवालयले संसदको हिउँदे अधिवेशनको तयारी शुरु गरेको छ ।

एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने सवैधानिक व्यवस्था अनुसार आगामी पुस १७ गते भित्रै संसद अधिवेशन शुरु गर्न तयारीमा जुटेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण सिटको व्यवस्थापन, बैठक कक्षलाई निसङ्क्रमित गर्ने र प्रवेशद्वारमै सेन्सरबाट ज्वरो नाप्ने उपकरण जडान गर्ने तयारी भइरहेको प्रवक्ता डा. पाण्डेले बताउनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ ।