पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जुम्लामा २० लाख लगानीमा व्यवसायीक कालिज पालन

radionepal

सागर परियार, जुम्ला । जुम्लाका दुई स्थानमा व्यवसायीक कालिज पालन गरिएको छ । जुम्लाको हावापानीमा कालिज पालन सुहाउने भएपछि रिङनेक जातको व्यवसायीक कालिज पालन सुरु भएको हो । बेल्जीयममा पाइने रिङनेक जातको कालिज पालन यहाँको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकामा गरिएको पाइएको छ । नगरपालिका ४ का दिपेन्द्र विक्रम हमाल गुठिचौर ४ का महाकृष्ण पाण्डेले कालिज पालन गरेका हुन् ।
  
जुम्लामा पहिलो व्यवसायका रुपमा शुरु गरिएको कालिज पालनको भविष्य  राम्रो देखिएको व्यवसायी दिपेन्द्र विक्रम हमालले बताउनुभयो । यस अघि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै कालिज पालन गरिएको थियो । सुर्खेतमा रहेको कालिज फर्मबाट ल्याएर दोस्रो जिल्लाका रुपमा जुम्लामा व्यावसायिक कालिज पालन गरिएको हमालको भनाई छ । 

उहाँले भन्नुभयो,“चन्दननाथ नगरपालिका ४ स्थित हमाल एग्रो एण्ड कालिज फर्म रिसर्च सेन्टरको नाममा कालिज फर्म खोलिएको छ ।  बेल्जीयममा पाइने रिङनेक प्रजातीको ७५ वटा कालिज फर्ममा छन् । करिब २० लाख लगानीमा व्यवसाय सञ्चालनमा ल्याइएको हो ।”

जुम्लालाई एग्रो टुरिज्मको रुपमा विकास गर्न परीक्षण स्वरुप  २ रोपनी जग्गामा २० लाख नीजि लगानी गरेर कालिज पालनमा हुमिएको हमालको भनाई छ । राम्रो हुँदै गएमा थप १३ रोपनी जग्गामा व्यवसाय विस्तार गर्ने उहाँको तयारी छ । कालिज र लोकल कुखुराका लागि अहिले हमालको फमर्म निकै चर्चामा छ । कामको खोजीमा सधै भारत र तेस्रो मुलुक जाने यूवालाई उत्प्रेरण मिलोस भन्नका लागि पनि व्यवसाय शुरु गरेको हमालको तर्क छ । 

कालिज पालन गरिएको २ रोपनी जगालाई माथिबाट जालीले छोपेर भित्र  कालिज राखिएको छ । भने, कालिजलाई अनूकल आवश्यक वातावरण र चरण क्षेत्रको व्यवस्थापनमा जुटेको उल्लेख गरिएको छ । एउटा भाले कालिजलाई अहिले ४ हजारमा विक्री भईरहेको छ । 
कालिज पालनबाट हाल सम्म करिब २ लाख भन्दा बढीको कारोबार भइ सकेको हमाल जनाउनुभयो । 

हमाल परिवारनै यतिबेला कालिज पालनमा जुटेका छन् । हमालका घरपरिवारलाई कालिज र कुखुराको फर्म रेखदेख गर्न भ्याइ नभ्याई छ । कालिज र कुखुराको लागि दाना र खोर व्यवस्थापनलाई जोड दिइएको छ । यूवा हमालले गएको असोज महिनादेखि लकडाउनकै बीचमा जुम्लामा पहिलो व्वयवसायका रुपमा कालिज पालन शुरु गरेका थिए । हमाल एग्रो एण्ड कालिज फर्म रिसर्च सेन्टरमा ७५ वटा कालिज र ४ सय लोकल कुखुरा रहेका छन् । 

उता गुठिचौर ४ का व्यवसायी महाकृष्ण पाण्डेले कालिजको मासुको माग बढेको र व्यवसाय राम्रो फष्टाएको  बताउनुभयो । उहाँका अनुसार कालिज पालनबाट छोराछोरी पढाउने घरखर्च चलाउने योजना बनाएर हाल सम्म आम्दानी राम्रो भएको छ ।